ताजा समाचार

केन्याविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

 

काठमाडौं २२ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । यस्तै अलराउण्डर मेहबुब अलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, भुवन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् ।

राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन् ।

भारत भ्रमणमा रहेका आशिफ शेख नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org