ताजा समाचार

‘अमेरिका छोड भन्दै’ भारतीय जनतालाई अमेरिकिले गोली ठोके

डिसी, २२ फागुन । अमेरिकामा एक अर्का भारतीय मुलका नागरिकमाथि गोलि प्रहार भएको छ। वासिंगटन राज्यको केन्ट शहरमा ‘आफ्नो देश फर्क’ भन्दै मास्क लगाएका एक गोरा राष्ट्रवादीले ३८ वर्षिया एक भारतय नागरिकमाथि गोली प्रहार गरेका हुन्।

घाइतेको पाखुरामा गोली लागेको छ, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमले बताएका छन्। हिजो राति ८ बजे घटेको उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अमेरिकी प्रहरीले घाइतेको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन।

केही साता अघि अमेरिकाको कनसासमा एक भारतीयको गोली हानि हत्या भएको थियो। एक साता नबित्दै अर्का भारतीयमाथि शनिबार गोली लागि गम्भीर घाइते भएका थिए।

डोनाल्ड ट्रंम्प अमेरिकी राष्ट्रपतिमा न्रिवाचित भएपछि विदेशी आप्रवासीविरुद्ध घृणा र हत्या बढेको छ। त्यसको मारमा भारतीय पनि परेका छन्।

गोली प्रहार गर्ने व्यक्तिले उनीहरूलाई ‘मेरो देश छाडेर भाग’ भनेको सञ्चार माध्यमले बताएका छन्। एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org