ताजा समाचार

सप्तरी घटनाः मोर्चाको धम्कीपछि एमालेका नेता– कार्यकर्ता धमाधम विस्थापित

काठमाडौं । सप्तरी घटनापछि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु धमाधम बिस्थापित हुन थालेका छन् । मधेशी मोर्चाका कार्यकर्ताहरुले एमालेका नेता तथा कार्यकर्ताका घरघरमा गएर धम्की दिन थालेपछि उनीहरु बिस्थापित भइरहेको एमालेले जनाएको छ ।
मधेसी मोर्चाको धम्की र घर घेराउपछि राजविराजलगायत आसपासका गाउँबाट धेरै नेता कार्यकर्ता विस्थापित भएको एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए ।

एमालेले प्रहरीले एमालेका कार्यकर्तालाई सुरक्षा दिन नसक्दा घरघरमा गएर मोर्चा कार्यकर्ताले परिवारका सदस्यलाई समेत धम्की दिइरहेको जनाएको छ ।
एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको रुपनगरस्थित निवासमा प्रहरीले सुरक्षा दिएको छ । जहाँ एमालेको स्थायी कमिटी बैठक बसेर तीन दिनका कार्यक्रम स्थगित गरेको थियो ।

सप्तरी एमाले अध्यक्ष गोविन्द न्यौपाने, सचिव शम्भु यादव, प्रतापनारायण चौधरी लगायतका नेता पनि सदरमुकामबाट विस्थापित भएका छन् ।
सोमवारको कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट गएका कार्यकर्ताहरु बन्द र धम्कीका कारण अलपत्र परेको एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org