ताजा समाचार

बोक्सी भन्दै श्रीमतिलाई घर निकाला गर्ने सेनाका उपसेनानीको जागिर संकटमा

काठमाडौं । १४ दिनअघिमात्र बिवाह गरेर ल्याएकी श्रीमतिले दाइजो कम ल्याएको भन्दै बोक्सीको आरोपमा घर निकाला गरिएकी छन् । घर निकालापछि प्रहरीको शरणमा पुगेकी राजधानीकै गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारीलाई सैनिक जनसम्पर्क निर्देशनालयमा कार्यरत उपसेनानी सोही नगरपालिका– १५ बेँसीगाउँका दिनेश केसीले विवाह गरेका थिए ।
विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला भण्डारीको माइतीपक्षले आरोप लगाएको छ ।
भण्डारीले हिजो महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिइन् ।
प्रहरीले दुवै पक्षलाई राखेर छलफल गराएको छ । दुबै पक्ष कानुनी प्रकृयामा जाने भएका छन् । प्रहरीले उपसेनानी केशीकी आमा राधिकालाई नियन्त्रणमा लिएको छ भने उपसेनानीलाई भने छोडेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org