ताजा समाचार

मन्त्रीपरिषद् विस्तार : कमल थापा उपप्रधान एवं स्थानीय विकास मन्त्री

काठमाडौं २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रधानमन्त्रीले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रीमा दिलनाथ गिरीलाई नियुक्त गरिएको छ ।

यसअघिस्थानीय विकासमन्त्री हितराज पाण्डे थिए । माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई फिर्ता बोलाउँदै प्रधानमन्त्री प्रचण्डले थापालाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् । पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई पनि फिर्ता बोलाएर गिरीलाई उक्त मन्त्रालय दिईएको हो ।

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले संशोधन पास हुन नदिने अडान राखिरहेको अवस्थामा मन्त्रीपरिषद् विस्तार भएको हो । मन्त्रीपरिषद् विस्तार गरिएपनि संशोधन पारित हुने अवस्था भने छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org