ताजा समाचार

सिम्रिक एयरलाइन्सले भरतपुर र तुम्लिङटारमा दैनिक उडान भर्ने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सले आफ्नो उडान क्षमता विस्तार गरेको छ। सिम्रिकले काठमाडौंबाट चितवनको भरतपुर र तुम्लिङटारमा उडान विस्तार गर्न लागेको छ।
आगामी सातादेखि सिम्रिकले भरतपुर र तुम्लिङटारमा दैनिक एक उडान सुरु गर्ने सिम्रिक एयरलाइन्सका बजार प्रवन्धक प्रज्वल थापाले न्युज–नेपाललाई जानकारी दिए । उनका अनुसार यात्रुको अनुरोध तथा सडक यातायातको असहजताका कारण हवाई मार्गकै आवश्यकता बढेकोले उडान विस्तार गर्न लागिएको हो।
सिम्रिकले काठमाडौंबाट माउन्टेन फ्लाइट, पोखरा, भैरहवा, लुक्ला र पोखराबाट जोमसोमको नियमित उडान गरिरहेको छ। सन् २००९ देखि नियमित आन्तरिक उडान गर्दै आएको सिम्रिकसँग हाल चारवटा आन्तरिक उडानका जहाज छन् । सिम्रिक एयरलाइन्सले दुईवटा विचक्रफ्ट र दुईवटा डोर्नियर गरी चार वटा जहाजबाट नियमित उडान भरिरहेको छ।

यसअघि सिम्रिक एयरले काठमाडौंबाट भैरहवा १, पोखरा ५, माउण्टेन फइट ४, लुक्ला ४, पोखराबाट जोमसोम ५ वटा उडान भर्दै आएको थियो । ४ वटा जहाज रहेको एयरले मागअनुसार थप स्थानमा पनि उडान भर्दै जाने बजार प्रवन्धक थापाले न्युज-नेपाललाई बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org