ताजा समाचार

ट्राफिकलाई भ्रष्टाचार गर्न दिन्नः डिआइजी लामा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मिङ्मार लामाले ट्राफिक प्रहरीमा भ्रष्टचारमा शुन्य सहनशीलत अपनाउने बताएका छन् । ट्राफिक प्रहरीले भ्रष्टाचार गर्ने जन गुनासो आइरहेको भन्दै त्यस्ता जनगुनासोको सुनुवाई गर्दै भ्रष्टाचार हुन नदिने र कुनै ट्राफिकले सेवाग्राहीसँग रकम लिएको जानकारी पाएमा तत्काल कारवाही गर्ने बताए ।

भरखरै महाशाखा प्रमुख भएर आएका डिआइजी लामाले ट्राफिक प्रहरीले काम गर्दा दुव्र्यवहार गरेको गुनासा आइरहेकोले त्यसलाई पनि रोक्ने प्रतिवद्धता जनाए । उनले भने, ‘ट्राफिक प्रहरीले निभाउनु पर्ने दायित्व बोध गराएर उनीहरुको दक्षता अभिवृद्धि गर्दै समयानुकूल परिवर्तन गर्ने उदेश्य लिएको छु ।’

ट्राफिक प्रहरीको समस्या सबैको समस्या भएको बताउँदै डिआइजी लामाले ट्राफिक प्रहरीमा सर्वरको क्षमता कमजोर भएकोले त्यसलाई स्तरवृद्धि गर्ने तर्फ पनि आफूले ध्यान दिएको बताए । उनले स्रोतहरुको व्यवस्थापन गर्दै बैज्ञानिक ट्राफिक व्यवस्थापन गर्ने, सिसिटिभी, सडक बत्ति, ट्राफिक लाइटको व्यवस्थापन गरेर राजधानीको यातायात व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्ने आफ्नो योजना सुनाए ।

उनले भने, ‘बिदेशमा जस्तो सडकमा ट्राफिक बसेर यातायात व्यवस्थापन गर्नु भन्दा पनि प्रविधिको सहयोगले सडक सभ्यता नमान्नेलाई पक्रेर कारवाहीको दायरामा ल्याउने छु ।’ बिगतमा गरिएका मापसे र सडक लेन अनुशासनलाई पनि कडाइका रुपमा लागू गरिरहने उनले आफ्नो योजना सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org