ताजा समाचार

सप्तरीका एलडीओ परे कारवाहीमा

काठमाडौं । स्थानीय विकास मन्त्रालयले जिल्ला छाडेर विदामा बस्ने स्थानीय विकास अधिकारी ‘‘एलडीओ’ हरुलाई कारबाही गर्न थालेको छ ।

मन्त्रालयले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ विपरीत विदामा बसेका एलडिओहरुलाई कारबाही गर्न थालेको हो ।
मन्त्रालयले सप्तरीका एलडिओ सुदेवकुमार पोखरेल लामो समयदेखि विदामा बसेको र अझै कार्यालय नफर्किएको भन्दै उनलाई ७ दिनभित्र मन्त्रालयमा स्पस्टिकरणसहित उपस्थित हुन बोलाएको छ ।

स्थानीय तहमा तत्काल सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने र त्यसको तयारीका लागि सबै एलडिओलाई विदा नबस्न निर्देशन दिँदा पनि पोखरेल कार्यालयमा उपस्थित नभएपछि कारवाही प्रकृया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org