ताजा समाचार

आइजीपी विवादः बहस भएन, ६ गते हुने

काठमाडौं । नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) नियुक्तिको विवादमा परेको मुद्दामा आज बहस भएन । आगामी आइतबार अर्थात चैत ६ गते बहस हुनेछ ।
मुद्दा न्यायाधीशद्वय तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडाको इजलासमा राखिएको थियो।
आइजीपीमा बढुवा भएका चन्द पक्षका वकिल सुशील पन्तले चन्दलाई महानिरीक्षकका रुपमा काम गर्न गराउन नदिनु भन्ने सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिँदा पनि न्यायाधीश केसी रहेको र अन्तिम सुनुवाइ उनले गर्न नमिल्ने बताएपछि बहस हुन नसकेको हो।

यद्यपी अर्का डिआइजी नवराज सिलवालका वकिल टीकाराम भट्टराईले अन्तिरम आदेश निरन्तरता दिने इजलासमा केसी बसेका भए पनि उनले अन्तिम सुनुवाई गर्न सक्ने बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org