ताजा समाचार

कलंकीमा ब्रेक फेल भएर ट्रक दुर्घटना,चालक भागे

काठमाडौं  ४ चैत । थानकोट–कलंकी सडकखण्डको गुर्जुधारामा दुर्घटना भएको छ । कलंकीतर्फ आउँदै ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।
थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले न्युज–नेपाललाई दिएको जानकारी अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एक साथ हानेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थप ९ जना घाइते भएको बताइएको छ ।
ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो ।डीएसपी पंगेनीले भने,
‘ट्रकको ठक्करबाट वान टन ट्रकका चालक सहित चार जना घाइते भएका छन् । ट्याक्सीका चालक पनि गम्भिर घाइते भएका छन् ।’
उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेको डीएसपी पंगेनीको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org