ताजा समाचार

अमेरिकी सेना प्रमुख प्रमुख ह्यारीस आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाका नौ सेना प्रमुख तीन दिने भ्रमणमा आज नेपाल आउँदैछन् । नौ सेना प्रमुख हृयारी बिन्क्ले हृयारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्नेछन् । भेटमा नेपाल र अमेरिकाबीच सैन्य सहकार्य र सहयोगबारे छलफल हुने छ ।

अमेरिकी सेना प्रमुख हृयारी नेपाली सेनाले पाँचखालमा सोमबारदेखि आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने छन् ।

अमेरिकी सेना र नेपाली सेनाबीच बेलाबेलामा सैन्य अभ्यास हुने गरेको छ । हृयारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर पनि हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org