ताजा समाचार

नेपाल प्रहरीः व्यापक सरुवाको तयारी, करिव ६ हजारको सरुवा हुँदै

काठमाडौं । स्थानीय निर्वाचनको मिति घोषणा भइसकेको समयमा सरकारले नेपाल प्रहरीमा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको ब्यापक सरुवा तयारी गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरीको सरुवा गर्न निर्वाचन आयोगसँग सहमति मागेको र सहमति पनि पाइसकेको छ । अति गोप्य राखिएको सरुवा लिष्ट नेपाल प्रहरीका १० एसएसपी, ६४ एसपी, १ सय १० डिएसपी, ३ सय ५० इस्पेक्टर, ३ सय ४० सई, ६ सय १० असई, १ हजार ५३ हबल्दार, ३ हजार ४ सय ६८ जवानसमेत जम्मा ६ हजार ३ सय ८५ जनाको सरुवाका लागि प्रहरी प्रधान कार्यलयले गृहमन्त्रलायमार्फत आयोगसँग सहमति मागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org