ताजा समाचार

‘र’ लाई दलाई लामाको नेपाल प्रतिनिधि छान्न समस्या

काठमाडौं । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाका नेपाल प्रमुख छान्न भारतीय खुफिया एजेन्सी ‘र’ लाई समस्या परेको छ । नेपालमा लामाको प्रतिनिधि प्रमुख भएर बस्दा आर्थिक लाभदेखि नाम र मानसमेत हुने भएकोले धेरै आकांक्षी रहेको स्रोतहरुको दावी छ ।
लामाका नेपाल प्रतिनिधि प्रमुख ताम्दिङ दोर्जे तुलाधरको म्याद सकिएपछि नयाँ प्रतिनिधि चयन हुन नसकेको हो । नेपालमा करिव २२ हजार तिब्बती शरणार्थी रहेका छन् । आफूसँग ज्ञान नै नभएका मिङमार दोर्जे हाल नेपालमा निमित्त प्रमुख भएर लामाको पक्षमा काम गर्दै आएका छन् ।

लामाका नेपाल प्रतिनिधि प्रमुखलाई ‘र’ देखि अमेरिकासम्मबाट आर्थिक सहयोग हुँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org