ताजा समाचार

आईजीपी विवाद : फैसला भोलि सुनाइने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सकिएको छ । फैसला भने भोलि मात्र आउने भएको छ । हिजो समयअभावका कारण हेर्दाहेर्दैमा मुद्दा राखेर आज पुनः सुनुवाई सुरु भएको थियो । सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशिला कार्कीसमेत ५ जना न्यायाधीशको बेञ्चमा मुद्दाको सुनुवाई भएको थियो । सरकारका कानूनी सल्लाहकारका रूपमा चिनिने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रहरी प्रमुखको बढुवा विवादसम्बन्धी रिट सुनुवाइ गर्न सर्वोच्च अदालतमा गठन भएको इजलासप्रति गम्भीर आपत्ति जनाउँदै उनी बहसमा गएनन् । उनले आपत्तिमात्र जनाएनन् सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तालाई बहसमा पठाएका थिए ।
आइजीपी बढुवा विवादमा यसअघि आदेश दिइसकेका न्यायाधीशहरू नै पूर्ण इजलासमा दोहोरिएकाले त्यसबाट निष्पक्ष न्याय सम्पादनमा प्रश्न उठ्ने भन्दै महान्यायाधिवक्ता श्रेष्ठ बहसमा नगएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org