ताजा समाचार

चीन भ्रमणमा कुनै महत्वपूर्ण सम्झौता हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा कुनै महत्वपूर्ण सम्झौता नहुने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चीनसंग दीर्घकालिन महत्वका केही बिषयमा सम्झौता हुन सक्ने संकेत गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताएपनि प्रधानमन्त्री दाहालले चीनको वान वेल्ट वान रोड, रोल वे, क्रस वोर्डर इलेक्ट्रोनिक जोन, ट्रानमिसन लाईन, हाईड्रो लगायत विषयमा सम्झौता हुन सक्ने जानकारी गराएका हुन् । यद्यपी प्रधानमन्त्री दाहालले नेपाल सरकारले सो बारे तयारी गरेपनि आफ्नो भ्रमणका क्रममा चीनले तयार पारेका एजेण्डामा भर पर्ने बताए ।

प्रधानमन्त्री दाहालले चीनसंगको सम्झौताका बिषय तयारी अवस्थामा रहेको बताउँदै सद्भाव भ्रमणमा मात्र आफू सिमित नहुने संकेत बैठकमा गराएको माओवादी एक नेताले बताए ।

स्थानीय तह निर्वाचन सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री दाहालले सिमांकनलाई थाती राखेर मधेशी मोर्चालाई समेत सहमतिमा ल्याईने दावी गरे ।

सांसद धना पहाडीका अनुसार बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्नेमा माओवादी केन्द्र दृढ रहेको भन्दै सोही अनुसार सम्पुर्ण पार्टी पंक्तिलाई निर्वाचनमा होमिन प्रधानमन्त्री दाहालले निर्देशन दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org