ताजा समाचार

विद्यालयद्वारा खेलाडी बिदाई

हुम्ला । राष्ट्रपति रनिङ्ग शिल्डको खेलमा सहभागी हुन मानसरोवर नमूना माध्यमिक विद्यालयका खेलाडी जिल्लाको दक्षिणी भाग सर्केगाढ तर्फ प्रस्थान गरेको छन् । २२ जना खेलाडी समूहको टोलीलाई एक कार्यक्रमकाबीच विद्यालयले विदाई गरेको हो ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष नन्द रावतले खेलाडीलाई जर्सी वितरण गर्दै गत वर्ष विद्यालयले तीन ईभेण्टमा उच्च अंक प्राप्त गरी जिल्लाकै प्रथम स्थान हासिल गरेको विद्यालयको छविलाई कायम राख्न सल्लाह र सुझाव दिए । विद्यालयको झण्डा, रनिङ्ग शिल्ड, राष्ट्रिय झण्डा प्रधानाध्यापक अमर बहादुर शाहीले हस्तारण गरे ।

त्यस्तैगरी सिमिकोटको बालमन्दिर मा.वि.को खेलाडी समूह पनि खेल स्थल हिमज्योती मा.वि., सर्केगाढ तर्फ प्रस्थान गरेको छ । जिल्लाका माध्यमिक तहमा अध्ययन गर्ने सम्पूर्ण खेलाडीबीच विभिन्न फिल्ड तथा ट्रयाक तर्फका खेल ईभेन्टमा प्रतिस्पर्धा हुने खेलमा जिल्लाका विभिन्न विद्यालयले सहभागि जनाउने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org