ताजा समाचार

म्यादी प्रहरीको तालिममा तीन जनाको मृत्यु

बाँके । म्यादी प्रहरीमा भर्ना हुन तालिम गरिरहेका तीन जनाको मृत्यु भएको छ ।

तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए । अस्पताल पुर्याए पनि उनको मृत्यु भएको प्रहरीले उपरीक्षक टेकबहादुर राईले बताएका छन् ।

यस्तै गरी खोटाङ, सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।

यस्तै बिराटनगर( १६ का तुलसी राजवंशीको कुद्ने क्रममा लडेर निधन भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org