प्रहरीले लुट्यो न्युरोडबाट ५५ तोला सुन !
काठमाडौं । काठमाडौंमा न्युरोडमा रहेको सुन पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका छन्। न्युरोड मरुहिटीस्थित प्रेम रत्न शाक्यको घरमा सुन पसल संचालन गर्दै आएका भारतीय नागरिक शिव माइतीको पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका हुन्। सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङ, बलहादुर थापा मगर, नबिन ढकाल लगायतका ६ जनाले सुन लुटेको स्रोतले बताएको छ ।
थापा मगर र ढकाल फरार छन् भने गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। गुरुङ भ्यान चालक हुन भने ढकाल लेखा शाखामा काम गर्ने प्रहरी हुन्। गत शुक्रबार राती पेस्तोल देखाएर उनीहरुले सुन लुटेका थिए।
प्रहरी बर्दी लगाएर सुन लुट्ने कार्यमा प्रहरीको सम्लग्नता देखिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।
अपराधीको कुनै जात, धर्म, भुगोल नहुने भन्दै एसएसपी अमात्यले प्रहरी नै लुटपाटमा सम्लग्न भएकोप्रति चिन्ता ब्यक्त गरे।
Comments
अरु समाचार
-
फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका...
-
त्रिविको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने...
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे
काठमाडौं । मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप...
-
मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। मूल्य बढे सँगै...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
दैलेखमा पेट्रोलियम अन्वेषणको काम अन्तिम चरणमा, ७० मिटर खन्न बाँकी
काठमाडौं । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन...
-
यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
काठमाडौं । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा...