निर्वाचन आयोग घेर्न गएका डा.बाबुराम भट्टराई पक्राउ
काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेका छन् ।
प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।
दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।
त्यस्तै निर्वाचन आयोग अगाडि धर्नामा बसेका बेला पक्राउ परेका संयोजक भट्टराईले महेन्द्र पुलिस क्लवमा धर्ना सुरु गरेका छन् । भट्टराईससहित सांसद गंगा चौधरी, नेताहरु सीपी गजुरेल, परशुराम तामाङ, रामकुमार शर्मालगायतका नेताहरुले नेपाल पुलिस क्लबभित्रै धर्ना सुरु गरेका हुन् ।
संविधानको धारा २६९ (७०) र (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरीत स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट बञ्चिन गरेको भन्दै नयाँ शक्तिलगायतका साना दल आन्दोलित छन् । निर्वाचन आयोगले भने संसदमा प्रतिनिधित्व गर्ने २६ दललाई मात्रै आफ्नै चुनाव चिन्ह दिएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...