ताजा समाचार

जिल्ला प्रशासनद्वारा यी ६ ठाउँमा निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  निर्वाचन आयोगसहित ६ स्थान वरपरको ठाउँलाई धर्ना र जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । नयाँ शक्ति पार्टी नेपालसहितका दलले निर्वाचन आयोग घेराउ गरेको दिन निषेधित क्षेत्र घोषणा गरेको हो ।

आयोगको केन्द्रीय कार्यालय बहादुर भवनको उत्तरतर्फ केशरमहल चोक र दक्षिणतर्फ ज्याँठागल्ली मोडलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तैगरी,शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन बानेश्वर, सिंहदरबार र उपराष्ट्रपति निवास क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org