ताजा समाचार

नयाँ शक्ति सहितका दलद्वारा देशैभरका निर्वाचन कार्यालयमा धर्ना

काठमाडौं । नयाँ शक्ति लगायतका संसद् बाहिरका दलले आज देशैभरका निर्वाचन कार्यालय अगाडि धर्ना दिएको छ ।स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह पाउनु पर्ने माग गर्दै नयाँ शक्ति लगायतका ६४ दलले धर्ना दिएका हुन् । राजधानीको बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालय सहित ७५ वटै जिल्लामा धर्ना दिइएको नयाँ शक्तिले जनाएको छ । विभिन्न जिल्लामा निर्वाचन कार्यालय घेराउका क्रममा प्रहरीले दर्जनौंलाई नियन्त्रणमा लिएको छ । रुपन्देहीमा ३७ जना, धनुषामा १५, तथा अर्घाखाँचीमा १४ जना धर्नाकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संसदमा रहेका दललाई मात्र निर्वाचन चिन्ह दिने गरी ऐन बनाइएपछि वाहिर रहेका दलले आन्दोलन शुरु गरेका छन् । यसैक्रममा हिजो नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई सहितलाई प्रहरीले नियन्त्रणमा लिएर राती छाडेको थियो ।

 

 
रुपन्देही जिल्ला निर्वाचन कार्यालयमा सोमबार निर्वाचन चिन्हको माग गर्दै नारावाजी गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ता । तस्बिर : रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org