ताजा समाचार

महाअभियोग प्रस्ताव अघि बढाउन व्यवस्थापिका संसदलाई संकट,बैठक स्थगित हुने सम्भावना

काठमाडाौं, २४ वैशाख । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावबारे छलफल अघि बढाउन व्यवस्थापिका संसदलाई संकट परेको छ ।

विपक्षी गठबन्धन एमाले सहितको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो ।

सचिवालय स्रोतले बताए अुनसार सभामुख ओनसरी घर्तीले छलफल गरेपछि आजको बैठकको कार्यसूची तय हुनेछ । अदालतले अन्तरिम आदेश दिइसकेपछि महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले सभामुख छलफलमा रहेको स्रोतले जनाएको छ ।साथै एमाले लगाएतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई कडा दबाब दिइरहेकाले पनि आजको संसद बैठक सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org