ताजा समाचार

श्रीकृष्णको सम्झानामा श्वेताद्धारा सिन्धुपाल्चोकको माझी गाउँ पुनर्निर्माण अभियान

काठमाडौं, १६ जेठ । अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकको ‘माझी बस्ती’ पुनर्निर्माण अभियान थालेकी छन् । श्वेताले आफ्नो ‘श्वेता श्री’ फाउन्डेसन मार्फत माझी बस्ती निर्माण गर्न लागेकी हुन् । त्यसको लागी उनले उक्त बस्तीको शिलान्यास समेत गरेकी छन् । बस्ती पुनर्निर्माणको राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका सीइओ डा. गोविन्द पोखरेलले सोमबार शिल्यान्यास गरे ।

चलचित्रकर्मी, अतिथि र पत्रकारको एक जम्बो टोलीसहित श्वेता सोमबार बस्ती शिलान्यासका लागि माझी गाउँ पुगेकी थिइन् । बस्तीमा उनी लगायत उनको टोलीमा समावेश सबैलाई स्थानीय बासिन्दाले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

‘हाम्रो रहर, सानो घर’ मुल नारा लिएर पुगेकी श्वेताको माझी बस्तीमा ५६ वटा घर निर्माण गर्ने योजना रहेको छ । भूकम्प पछि घरबार बिहिन भएका माझी गाउँका बासिन्दा निकै कस्टकर जीवन बिताइ रहेका छन् । उनीहरुको अवस्थाको पटक पटकको अध्ययन गरेर श्वेताले आफ्नो ‘श्वेता श्री’ फाउन्डेशन मार्फत सहयोग गर्न लागेको बताईन् ।

कार्यक्रममा अभिनेत्री श्वेताले स्वर्गिय पती अभिनेता श्रीकृष्णको तस्बिर छुदै पुरै बस्ती निर्माण र हस्तान्तरण पछि आफुलाई खुसी मिल्ने बताइन् । ‘ पती श्रीकृष्णले नै मलाई समाज सेवामा अग्रसर गराएका हुन्’ उनले भनिन् ‘उहाँको समाजसेवा चहाना पुर गर्न आफुले बस्ति निर्माणमा हात बढाएकी हुँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org