ताजा समाचार

प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजे चुनाव हुने


काठमाडौं, १९ जेठ । प्रधानमन्त्रीको निर्वाचन २१ गते आइतबार हुने भएको छ । विपक्षी दलहरुको विरोधकाबीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचन आइतबार गर्ने भएको हो । सभामुख ओनसरी घर्ती मगरले एक सूचना गरेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको जानकारी दिएकी हुन् ।

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख घर्तीले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको तालिका अनुसार भोलि (शनिबार) विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पर्सि आइतबार विहान ११ बजेको प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org