ताजा समाचार

प्रधानमन्त्री चयन गर्न आज मतदान, संसद चल्न नदिने एमालेको अडान

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा मतदान हुँदैछ । संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यसुचिअनुसार आज मतदानको समय तोकिएको हा । जसअन्तर्गत आइतबार बिहान ११ बजेदेखि प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने छ ।

प्रधानमन्त्रीका लागि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । एकजनाको मात्रै उम्मेदवारी परेपनि मत विभाजनमार्फत प्रधानमन्त्री चयन गरिने छ । तर, प्रतिपक्षी एमालेले भतपुर प्रकरण देखाउदै संसद चल्न नदिने बताइसकेको छ । एमालेबाट अवरोध भए प्रधानमन्त्री चयन प्रक्रिया के होला भन्ने अन्यौल कायमै छ ।

एमालेले संसद चल्न नदिने शनिबार बसेको स्थायी समिति बैठकले गरिसकेको छ । एमालेले भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको निर्णयमा कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी समेत थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org