ताजा समाचार

रोनाल्डो जुम्ल्याहा सन्तानका पिता बने

काठमाडौं, २८ जेठ । क्रिष्टियानो रोनाल्डोका जुम्ल्याहा सन्तान भएका छन् । रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा एक छोरा र छोरी जन्मिएको पोर्चुगिज टेलिभिजन एसआइसीलाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नामा माटेओ राखिएको छ । तर यो खबरको रोनाल्डोले आधिकारिक रुपमा पुष्टि गरेका छैनन् ।

रोनाल्डो यसअघि सन् २०१० मा पनि सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका छन् । रोनाल्डोका जुम्ल्याहा सन्तान बिहीबार जन्मिएको एसआइसीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org