ताजा समाचार

विश्वकप छनौटः इटालीद्धारा लिचेस्टाइन ५–० गोल अन्तरले पराजित

काठमाडौं, २९ जेठ । विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा इटाली विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको इटालीले लिचेस्टाइनलाई ५–० ले हराउँदै शानदार जित दर्ता गराएको हो । घरेलु मैदानमा भएको खेलमा इटालीको जितमा लोरेन्जो इनसिग्ने, आन्द्रेया बेलोटी, एडर, फेडरिको बर्नार्डेस्ची र गाब्बियादिनीले गोल गरे । ३५ औं मिनेटमा इनसिग्नेले गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

इटालीले दोस्रो हाफमा थप चार गोल गर्‍यो । ५२ औं मिनेमा बेलोटी र ७४ औं मिनेटमा एडरले गोल गरेपछि इटालीको अग्रता ३–० मा पुग्यो । ८२ औं मिनेटमा बर्नार्डेस्ची र इन्जुरी समयमा गाब्बियादिनीले गोल गरेपछि इटाली ५–० ले विजयी भयो । जितसँगै इटालीले समूहको शीर्ष स्थानमा रहेको स्पेनसँग अंक बराबरी गरेको छ । समूहको दोस्रो स्थानमा रहेको इटालीको ६ खेलबाट १६ अंक भएको छ । समूह ‘जी’ अन्तर्गत राति नै भएको खेलमा अल्बानियाले इजरायललाई ३–० ले हराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org