ताजा समाचार

एसियन प्रिमियर लिग क्रिकेटका लागि आज खेलाडीको बोलकबोल

काठमाडौं, २९ जेठ । अर्को हप्ता काठमाडौंमा हुने एसियन प्रिमियर लिग क्रिकेटका लागि आज खेलाडीको बोलकबोल अर्थात अक्सन हुँदैछ ।प्रतियोगिता खेल्ने ६ वटा टिमका लागि खेलाडीको बोलकबोल मार्फत टुंगो लगाइने युएईको अल्टिमेट स्पोर्टस म्यानेजमेण्टले जनाएको छ ।

अक्सनका बारेमा आयोजकले विस्तृत जानकारी नदिए पनि प्रतियोगितामा सहभागी ६ देश बाहेकका खेलाडी पनि रहने र खेलाडीलाई तीन तहमा बाँडेर न्युनतम मुल्य तोकिएको जनाएको छ । आउँदो आइतबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल स्ट्रोम, इण्डियन स्टार्स, बंगलादेश टाइगर्स, अफगानस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले खेल्नेछन् । नेपाली स्ट्रोमको कप्तानी युएइका स्वप्निल पाटीलले गर्नेछन भने इग्ल्याण्डका दिमित्री मास्केरान्हो मेन्टर रहने छन् ।

श्रीलंकाका हसन तिलकरत्न कप्तान रहेको इण्डियन्स स्टार्सको मेन्टरमा भारतकै अजय रात्रा रहनेछन् । त्यस्तै बंगलादेश टाइगर्सको कप्तान अल अमिन हुसेन र दक्षिण अफ्रिकाका जस्टिन केम्प्स मेन्टर रहनेछन् भने परबेज मेहरुप कप्तान रहेको श्रीलंकन लायन्सको मेन्टर दक्षिण अफ्रिकाका रुस्ती थेरोन रहनेछन् ।

यसैगरी राना नाबेद उल हसनले सम्हाल्ने अफगानस्तान बुल्सलाई पाकिस्तानका इमरान नाजिरको मेन्टरिङ रहने छ भने दुवइ वारियर्सको कप्तानमा अब्दुल सकुर र मेन्टरमा जिम्बाबेका चाल्र्स कोभेन्ट्री रहनेछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल सोनी सिक्सले गर्ने आयोजकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org