ताजा समाचार

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट खेल्ने टोलीको आजदेखि बन्द प्रशिक्षण

काठमाडौं, २९ जेठ । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट खेल्ने प्रारम्भिक टोलीका लागि आजदेखि बन्द प्रशिक्षण सुरु हुँदैछ । आइसिसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर बेङ्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिका मुख्य प्रशिक्षक बिनोद दासले छनौट गरेका ४० जना खेलाडीको बन्द प्रशिक्षण सुरु हुन लागेको हो ।

४ टोलीको सहभगिता रहने छनौट प्रतियोगिता साउन १ देखि १० सम्म सिंगापुरमा हुनेछ । नेपालसँगै अफगानिस्तान, मलेसिया र आयोजक सिंगापुरले विश्वकपको छनौटका लागि खेल्नेछन् ।

राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेखसँगै बन्द प्रशिक्षणका लागि ४० जना खेलाडीको नाम आइतबार छनौट गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org