ताजा समाचार

धनगढीका मेयरका उम्मेद्वारकै वडामा काँग्रेसलाई प्रवेश निषेश, पैसाको भरमा टिकट दिएको आरोप

धनगढी, ६ असार । नेपाली काँग्रेसबाट धनगढी उपमहानगरका मेयरलाई आफ्नै वडामा प्रवेश निषेध गरिएको छ । काँग्रेसबाट मेयर पदका उम्मेद्वार नृप वडलाई उनकै वडा नम्बर ६ मा प्रवेश निषेध गरिएको हो । धनगढी उपमहानगरपालिका ६, मा एक व्यानर टासेर वडा नम्बर ६ बासिन्दाले नृपलाई प्रवेश निषेध गरेका हुन् ।

टिकट नपाएका असन्तुष्टले मेयर पदका उम्मेद्वार नृप वड, सासद पुष्करनाथ ओझा र पार्टी सभापति नर नारायण शाहको फोटोमा प्रवेश निषेध लेखेका छन । लेनदेनका आधारमा पार्टीको टिकट वितरण गर्ने यि तीन नेतालाई वडा नम्बर ६ मा निषेध गरिएको छ, उक्त व्यानरमा लेखिएको छ ।

मनोनयन दर्ताको अघिल्लो दिनसम्म तपाई नै उम्मेद्वार हुनहुन्छ भनेर भनेर प्रचार गर्न लगाउने तर, आश्वासनमा राखि अपमानित हुने गरी टिकट नदिएकोमा वडा नम्बर ६ वासी घोर विरोध गर्दछौ पनि उक्त व्यानरमा उल्लेख गरिएको छ । मेयर पदका उम्मेद्वार वडले पनि टिकट नपाएकाहरुले आवेगमा आएको उक्त व्यानर टासेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org