ताजा समाचार

बाजुराको मतदान केन्द्रमा बम भेटियो, नेपाली सेनाद्धारा निष्क्रिय पार्ने प्रयास

बाजुरा, १४ असार । बाजुरामा मतदान केन्द्रमा बम भेटिएको छ । हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको हो । बम भेटिएको मतदान केन्द्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएर बम निश्क्रिय पार्ने काम भईरहेको छ । यस्तै हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्र सम्पर्कविहीन भएको छ ।

बाजुराको ९२ मध्ये ९० मतदान केन्द्रमा भने शान्तिपुर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बाजुरामा बिहान हल्का बर्षा भएपनि अहिले जिल्लाभरिको मौसम सफा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org