ताजा समाचार

राजपाका शीर्ष नेता चुपचाप, कार्यकर्ताले भने मतदान गरे

काठमाडौं १५ असार । राजपा अध्यक्ष मण्डलका सदस्य र शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनको दिन बुधबार चुपचाप बसेका छन् । तर कार्यकर्ता भने, मतदानमा सहभागी भए ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झा बुधबार काठमाडौंमा थिए भने, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी र राजकिशोर यादव काठमाडौं बाहिर थिए ।

संयोजक ठाकुर बिजुलीबजारस्थित पुरानो तमलोपा पार्टी कार्यालयमै थिए । त्यहाँबाटै उनले निर्वाचन भएको तीन वटा प्रदेशको स्थितिबारे जानकारी लिएका थिए । रुपन्देही, नवलपरासी र कपिलवस्तुमा राजपाका अधिकांश कार्यकर्ताले पार्टी नीतिविपरीत मतदान गरेको आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org