ताजा समाचार

एमाले कार्यकर्ताको आक्रमणबाट अर्घाखाँची र दाङमा माओवादी केन्द्रका दुई जना गम्भिर घाइते

काठमाडौं, १५ असार । एमाले कार्यकर्ताको आक्रमणबाट अर्घाखाँची र दाङमा माओवादी केन्द्रका दुई कार्यकर्ता घाइते भएका छन् । बुधबार मतदानको विषयलाई लिएर विवाद भएपछि एमाले कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते भएका छन् ।

त्यस्तै दाङको लमही नगरपालिकामा पनि एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका स्थानीय सुवास चौधरी घाइते भएका हुन् । गएराति साढे ९ बजे लमही नगरपालिका ७ कमानपुरमा एमाले कार्यकर्ताको आक्रमणबाट चौधरी घाइते भएका हुन् ।

गम्भीर घाइते खनाललाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याईएको छ । नेपाली सेनाको हेलिकोप्टरमा राखेर रातारात काठमाडौं ल्याईएको हो । उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दाङका चौधरीको भने लमहीमै उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org