ताजा समाचार

खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुख उपप्रमुख दुवैमा एमाले विजयी

खोटाङ, १६ असार । खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी भएको छ । शुक्रबार सम्पन्न मत गणनाअनुसार एमालेका शंकर राई २ हजार १ सय ५३ मतका साथ विजयी भएका हुन् ।

१० वटा स्थानीय तह रहेको खोटाङमा एमालेले गाउँपालिकामा पहिलो खाता खोलेको हो । उपाध्यक्षमा पनि एमालेकै विमला राई विजयी भएकी छन् । उनी २ हजार ८६ मत सहित विजयी भएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org