ताजा समाचार

उम्मेदवार नआए पनि मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, १६ असार । निर्वाचन आयोगले सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि नआए पनि मतगणना अघि बढाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले उम्मेदवार वा मतगणना प्रतिनिधिले मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना अघि बढाउन पनि भनेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले मतगणनामा सबै वा केही उम्मेदवार वा प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भ एपनि मुचुल्कामा हस्ताक्षर नगरेमा सोही व्यहोराको मुचुल्का गर्न उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६० मा ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमबमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनुपर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नुपर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम कानून बमोजिम भएको मानिने छ’ भन्ने व्यवस्था रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org