ताजा समाचार

रुकुमको पुथा उत्तरगंगा गाउँपालिका प्रमुख उपप्रमुख दुवैमा माओवादी केन्द्र विजयी


रुकुम, १६ असार । रुकुमको पुथा उत्तरगंगा गाउँपालिका प्रमुख उपप्रमुख दुवैमा माओवादी केन्द्र विजयी भएको छ । सुदूरपूर्वी गाउँपालिका पुथाको प्रमुखमा माओवादी केन्द्रका ओमप्रसाद घर्ती विजयी भएका छन् । उनले २ हजार ५५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भिउमान घर्तीले १ हजार २६४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै ओमकुमारी शाही मल्ल २ हजार ६३५ मतका साथ विजयी हुँदा एमालेकी सिता घतानेको पक्षमा १ हजार ४८२ मत परेको छ । १४ वटा वडा रहेको रहेको पुथा उत्तरगंगा गाउँपालिकामा २र२ वडामा कांग्रेस र एमालेले जितेका छन् । अरु सबै १० वडामा माओवादी केन्द्रका उमेदवार प्यानलसहित विजयी भएका छन् । रुकुमका सिस्ने र भुमे गाउँपालिका पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org