ताजा समाचार

पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र

काठमाडौं, २२ असार । पूर्व राजा ज्ञानेन्द्र शाहको ७१औँ जन्मदिवस मनाउन निर्मल निवासमा तयारी सुरु भएको छ । पूर्व राजा शाहले असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् । सो दिन शुभेच्छुक, आफन्त र सर्वसाधारणले शुभकामना दिन पाउने छन् ।

पूर्व राजपरिवार निकट उच्च स्रोतका अनुसार असार २३ गतेका दिन बिहान ११ बजेदेखि सर्वसाधारणका लागि निर्मल निवासको ढोका खोलिनेछ । पूर्व राजाको जन्मदिवस मनाउनका लागि नागरिक समाजका तर्फबाट रामभक्त पीबी ठाकुरको संयोजकत्वमा मूल समिति पनि गठन गरिएको छ ।

राजसंस्थाको अन्त्य भए पनि सामान्य नागरिक सरह पूर्व राजा शाहले निर्मल निवासमा जन्मदिनका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org