बागलुङको जिरेदीमा जीप दुर्घटनामा १ को मृत्यु, ६ जना घाईते
बागलुङ, २२ असार । बागलुङको जिरेदीमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । काठेखोला गाउँपालिका–७ रेशा जिरेदीमा रेशाबाट बागलुङ बजार आउँदै गरेको ध १ ज १८८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्दाजी ८ वर्षीय बच्चाको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक बच्चाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए ।
दुर्घटनामा चालक सहित ६ जना यात्रु घाईते छन् । घाईतेहरुलाई उपचारका बागलुङ ल्याईएको प्रहरीले जनाएको छ । जीप सडकबाट तल खसेको छ ।
Comments
अरु समाचार
-
गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ । सर्लाहीमा गएराती तीव्रगतिमा रहेको बागमती प्रदेश...
-
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेबाट निलम्बीत डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेले पार्टीबाट निष्काशन भएपछि राजनीतिक...
-
पन्चैबाजा संरक्षणमा आमा समूह
काठमाडौं । परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै...
-
अठार वर्षपछि सडक कालोपत्र गरिँदै
काठमाडौं । बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र...
-
प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल...
-
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
काठमाडौं । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र...
-
मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढ्यो
काठमाडौँ: मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार...
-
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ, भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक...
-
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
काठमाडौँ: ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात्...