ताजा समाचार

अन्तर्घात तथा असहयोगका कारण १५० तह जित्ने दाबी गरेको कांग्रेस ११७ मै सीमित

काठमाडौं, २३ असार । स्थानीय तहको दोस्रो चरण निर्वाचनमा १५० स्थानीय तह जित्ने अनुमान गरेको कांग्रेसले अनुमानअनुसार जित हात पार्न सकेन । ११७ स्थानमा जित हात पारेको कांग्रेस अहिले पाँच स्थानमा अग्रस्थानमा छ । यी सबै स्थान जिते पनि कांग्रेस आफ्नो लक्ष्य भेट्टाउन असफल हुने निश्चित भएको छ ।

कांग्रेसले जितेका ११७ तहमध्ये ४४ वटा नगरपालिका छन् भने ७३ वटा गाउँपालिका छन् । मतगणना जारी रहेका दुई नगर र पाँच गाउँपालिकामा कांग्रेसको अग्रता छ । दुवै चरणमा गरी कांग्रेसले अहिलेसम्म २२१ तहमा जित्दा प्रमुख प्रतिपक्षी दल एमालेले २६८ तह जितिसकेको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस किन हुनुपर्यो निराश ?
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे अपेक्षा गरेका पूर्वी सहर, प्रदेश नम्बर ५ का दाङसहितका सहरी क्षेत्रमा हार्न पुग्दा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताउँछन् । ‘१५० वटा तह जित्छौँ भन्ने लागेको थियो,’ घिमिरेले भने, ‘तर, जित्नैपर्ने ठाउँमा समेत हामी हार्न पुग्यौँ ।’ अन्तर्घात, असहयोगजस्ता पक्षले कांग्रेसले जित्दाजित्दै हार्न पुगेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org