ताजा समाचार

अपारदर्शिताले सशस्त्र प्रहरीले सिपाहीलाई ३ वर्षदेखि लत्ताकपडा उपलब्ध गराउन सकेन्

काठमाडौं, २३ असार । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई ‘कब्याट ड्रेस’सहितको अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियामा संलग्न अधिकारीबीच अपारदर्शी खरिद प्रक्रिया तथा आर्थिक चलखेल हुँदा यस्तो अवस्था देखिएको जानकारहरु बताउँछन् ।

वर्षैपिच्छे उपलब्ध गराउनुपर्ने बुट, चुस्ता, ट्राउजरलगायत मौसमअनुसारका आधा दर्जन लत्ताकपडा खरिद नहुँदा करिब ३७ हजार सशस्त्र प्रहरी कर्मचारीका लागि विनियोजित रकम बजेट नै फ्रिज भएर लत्ताकपडा उपलब्ध गराउन नसकिएको आजको कारोबार दैनिकले लेखेको छ ।

सशस्त्र प्रहरी प्रशासन विभागका अनुसार, अढाइ वर्षअघि ३० करोड रुपैयाँभन्दा बढीको लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान खरिदसम्बन्धी सम्झौता भएको थियो । तर, सम्झौताअनुसार धेरैजसो सामान खरिद नभएपछि सशस्त्रले केही ठेकेदारसँग सम्झौता नै रद्द गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org