ताजा समाचार

झापाको बुद्धशान्तिमा एमाले जिल्ला अध्यक्षलाई हराउँदै कांग्रेस उम्मेदवार विजयी

झापा, २३ असार । झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । काँग्रेस उम्मेदवार रमेश भुजेल एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराउँदै विजयी भएका हुन् । उनले ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भए भने उनका निकटम प्रतिद्वन्दी पाठकले ७ हजार ३ सय ५३ मत ल्याए ।

पार्टी अध्यक्ष उठेको गाउँपालिकामा आफ्नो जीतलाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । तर, अध्यक्षको गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भएको छ ।

उपमेयरमा भने एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी भएकी छिन् । उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् । भुर्तेलकी निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org