ताजा समाचार

स्थानीय तह निर्वाचनको नतिजा अन्तिमतिर, ९ स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं, २३ असार । दोस्रो चरणको निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ । असार १४ मा सम्पन्न चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ९ स्थानीय तहको मात्र नतिजा आउन बाँकी रहेको छ । परिणाम आउन बाँकी रहेका स्थानमा नेकपा र काँग्रेसले बराबरीमा अग्रता लिएका छन् । जसमा चार स्थानमा एमाले, चार स्थानमा कांग्रेस र एक स्थानमा भने संघीय समाजवादी फोरमले अग्रता लिएका छन् ।

एमालेले अग्रता लिएका स्थानमा झापाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका रहेको छ । कञ्चनपुरको भिमदत्त नगरमा भने मतगणना रोचक बनेको छ । मतगणना हुँदादेखिनै काँग्रेस अगाडी देखिएकोमा बिहीबार रातिदेखि भने एमाले अगाडी गएको हो ।

कांग्रेसले अग्रता लिएका स्थानमा भने मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।

त्यस्तै कांग्रेसले अग्रता लिएका स्थानमा भने मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org