ताजा समाचार

इटहरी उपमहानगरको मेयर उपमेयर दुवैमा एमाले विजयी

सुनसरी, २३ असार । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा एमालेका उम्मदेवार विजयी भएका छन् । एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर मेयरमा विजयी बनेका हुन् । एमालेले इटहरीमा कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पारेको छ ।

विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाईन् ।

पूर्वाञ्चलको महत्वपूर्ण शहरका रुपमा रहेको इटहरी उपमहानगरपालिकाकामा पाएको जितले सुनसरीका एमालेजनमा खुशियाली छाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org