आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदैंछ । देशभित्र र बाहिर रहेका नेपालीले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।
उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जिलिङ आसाम र डुवर्सलगायतका विशेष कार्यक्रम गरिन्छ ।
मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो ।
भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो । पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...