ताजा समाचार

ट्रिपरको ठक्करबाट सडक छेउमा हिँडिरहेका एक जनाको मृत्यु, ३ जना घाइते

धादिङ, २३ साउन । ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । भने तीन जना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको थियो । दुर्घटनामा धुनीबेसी नगरपालिका वडा नम्बर ९ का १८ वर्षका अजय तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएपछि चालक ट्रिपरसहित घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले चालकलाई पक्रेको छ । अत्याधिक तीब्र गतिमा आएको ट्रिपरले सडक किनारामा पुगेर ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org