काठमाडौं मेडिकल कलेजद्धारा बिरामीको स्वास्थ्यमा गम्भिर खेलबाँड, ४ बर्षे बच्चालाई म्याद सकिएको सुई दिईयो
काठमाडौं, २४ साउन । औषधि व्यवस्था विभागले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ । उपचारका लागि कलेजमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई म्याद सकिएको सुई दिएको पाइएपछि औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
कम्मरमा पीप जमेकाले उपचारका लागि साउन १५ गते सुवेदीलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘चिकित्सकले सुवेदीलाई पासिम नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजीको सुई दिइएको पाइएको छ’ महानिर्देशक ढकालले भने, ‘हामीले प्रारम्भिक जाँचमा बाँकी दुईवटा भाइल म्याद सकिएको पायौँ तर सुई दिने नर्ससँग कुराकानी गर्न बाँकी छ, अनुसन्धान गर्दैछौँ ।’ यो औषधिले पीप सुकाउने काम गर्ने पनि उनले बताए ।
स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले सुवेदीका आफन्तले मन्त्रालयमा खबर गरेपछि आफू स्वयं अस्पतालमा गई औषधि व्यवस्था विभागलाई जानकारी गराएको बताए । थप उपचारका लागि बिरामीलाई अहिले कान्तिबाल अस्पतालमा पठाइएको छ । बिरामीका आफन्त र अस्पतालबिच अहिलेसम्मको उपचार निःशुल्क गर्ने सहमति भएको प्रमुख डा. श्रेष्ठले जानकारी दिए । रासस
Comments
अरु समाचार
-
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना...
-
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग
काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...