ताजा समाचार

बाढीपीडितको उपचार गर्न डाक्टर गोविन्द केसी सप्तरी जाँदै

काठमाडौं, ८ भदौं । ११ औं अनशन स्थगित गरेको नवौं दिन आज डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् । यसपछि उनी बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् ।

सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजीलगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा डा. केसी रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारत भ्रमणमा रहेकाले उनी फर्किएको केही दिन केसीले सरकारलाई माग पूरा गर्न समय दिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org