ताजा समाचार

तीजका कारण आज गौशाला क्षेत्रमा गाडी चलाउन रोक, यस्तो छ आजको लागि प्रयोग गरिने रुट


काठमाडौं, ८ भदौं । आज काठमाडौंको गौशाला क्षेत्रमा गाडी चलाउन पाईने छैन् । तीजका कारण पशुपतिनाथमा दर्शनार्थीको घुइँचो भएकाले मन्दिर आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाईएको ट्राफिक प्रहरीले जनाएको छ । मालवाहक गाडीका लागि तीनकुनेबाट गौशाला र गोपिकृष्णबाट चाबहिलतर्फ जान तथा नारायणटार पुलबाट करिडोरको बाटो भइ आउने सबै मालबाहक गाडीलाई पनि रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आज नयाँ बानेश्वर तीनकुने भएर चल्ने तथा रिङरोड परिक्रमा गर्ने गाडीलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र त्यहि रुट भएर फर्किने व्यवस्था गरिएको छ । यस्तै रातोपुल, गौशाला, चावहिल हुँदै बौद्धतर्फ जाने गाडी पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै चल्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै कलंकी, हलचोक, बालाजु, महाराजगन्ज भएर चल्ने गाडी सुकेधारा भएर चल्ने व्यवस्था गरिएको छ । रातोपुल गौशाला भएर चावहिल तर्फ चल्ने गाडिलाई भद्रकाली, सुन्धारा, भोटाहिटी जमल हुँदै चल्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org