ताजा समाचार

नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढ्योः दशगजा ओगटेर मदिरा पसल


काठमाडौं, ९ भदौं । नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ । मदिरा पसल खुलेको छन् । अति संवेदनशिल मानिने दशगजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ । आन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाईदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् ।

दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयास समेत गरेको छैन । पछिल्लो समयमा जिल्लासँग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो । भारतको विहारमा मदिरा निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org