ताजा समाचार

एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा, सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं, २८ भदौ । न्यायपरिषद्ले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले न्यायाधीशहरुको सरुवा गरेको हो ।

बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

यस पल्टको नियुक्तिमा कानुन व्यवसायीबाट एक जना पनि न्यायाधीश परेका छैनन । सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो । एक जना भने अझै पूर्ति हुन बाँकी नै छ । परिषद् बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा समेत गरेको हो । त्यसैगरी निर्वाचन अधिकृतका लागि न्यायाधीश खटाउने निर्णय समेत बुधबारकै परिषद् बैठकले गरेको छ ।

सरुवा गरिएका न्यायाधीशकाे सूचि यहाँ हेर्नुहाेस् :

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org